12.1 C
Kathmandu

७७ पत्रकारको स्वास्थ्य परीक्षण, सुगर र प्रेसर समस्याका बिरामी बढी

Categories:

-

१६ जेठ, ललितपुर — नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकार लक्षित एकदिने बृहत स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजनमा आयोजित शिविरमा ७७ जना पत्रकारले विभिन्न स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरमा भिडियो एक्सरे, मुटु, मृगौला, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सीबीसी तथा स्त्री रोगसम्बन्धी जाँच निःशुल्क गरियो। ६० वर्षभन्दा माथिका पत्रकारलाई निःशुल्क चश्मा पनि वितरण गरियो।

बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिप साहका अनुसार परीक्षण गरिएका पत्रकारमध्ये २७ जनामा सुगर र १० जनामा उच्च रक्तचापको लक्षण देखिएको छ। पत्रकारहरूलाई नियमित स्वास्थ्य जाँच आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेल र उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका लगायतको उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य