12.1 C
Kathmandu

नेप्सेले लागू गर्यो ब्रोकरमार्फत मार्जिन कारोबार सुविधाः यस्ता छन् नयाँ व्यवस्था

Categories:

-

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुबिधा लागू भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वैशाख १४ गतेको निर्णयानुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरिएको नेप्सेले एक सूचना मार्फत् जानकारी दिएको छ ।

नयाँ व्यवस्था अनुसार ३० प्रतिशत मार्जिन राखेर शेयर किन्न सकिने भएको छ । मूल कार्यविधिको दफा ११ को उपदफा (१) को सट्टा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको शेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेको थियो । तर संशोधन गरेर पठाएको एक बर्षपछि संशोधित कार्यविधि कार्यन्वयनमा आएको हो ।

नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागू गरेको हो । नेप्सेले बैशाख १५ गते बिहिबार नै सम्पूर्ण ब्रोकरहरुलाई संशोधित कार्यविधि लागू गरिएको बारे पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य