13.1 C
Kathmandu

स्थापितले भने मैले ०५४ सालमै ८४ हजार ल्याएको मान्छेसँग केको प्रतिस्पर्धा ?

-

काठमाडौ। नेकपा एमालेका तर्फबाट काठमाडौ महानगरको उम्मेदवार बनेका केशव स्थापितले आफु सत्ता गठबन्धनका उम्मेदवार भन्दा दोव्वर मतले आफु विजयी हुने दावी गरेका छन् ।

आज ( सोमबार ) राष्ट्रियसभा गृहमा उपमेयरका उम्मेदवार सुनिता डंगोलसहित उम्मेदवारी दर्तापछि स्थापितले गठबन्धनका उम्मेदवारले ४० हजार ल्याए आफुले ८० हजार ल्याउने बताएका छन् ।

‘गठबन्धनको महानगरमा काँग्रेसको स्थायी भोट ४५ हजार छ । माओवादीको ७ जोड्दा ५२ हजार र समाजवादीको ६ हजार जोड्दा ५५ देखि ५८ हजार हुन्छ’, उनले भने, ‘मैले ०५४ सालमै ८४ हजार ल्याएको मान्छेसँग केको प्रतिस्पर्धा ?’

उनले थपे ‘गेम इज ओभर, केशव स्थापितले केही गर्छ भन्ने मान्छेमा छ’, स्थापितले भने, ‘राष्ट्रियसभा, ओभरहेड, सिंहदरबार, माइतीघर जता पनि केशव स्थापित छ ।’

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य