8.1 C
Kathmandu

शितगंगा नगरपालिकाको प्रशासकीय भवन उद्‌घाटन

Categories:

-

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच उद्‌घाटन भएको छ। नवनिर्मित भवनको शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले उद्‌घाटन गरेका हुन्।

भवनको उद्‌घाटन गर्दै नगरप्रमुख अधिकारीले नयाँ प्रशासकीय भवनबाट एकद्वार प्रणालीमा सेवा प्रवाह गरिने बताएका छन्। उनले शितगंगाको विकासमा आफूहरु लागि परेको बताउँदै महर्षि पतञ्जलीको जन्मस्थान शितगंगामा रहेको पनि खोज र अनुसन्धानबाट पत्ता लागेको बताए।

भवन महादेव खिम्ती अन्जना पिटिआर जेभीले ४ करोड १४ लाख ९८ हजार ठेक्का सम्झौतामा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए।

शितगंगा नगरपालिकाका नगर उपप्रमुख टीका रेश्मीले जनताको मनोभावना अनुसार आफूहरुले काम गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य