15.1 C
Kathmandu

आजदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा, यस्ता छन् विशेषता

Categories:

-

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याएको छ। बैंकले आज (बुधबार) देखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको हाे।

यस बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरु रहेको रुपैयाँ १ दरको सिक्का मिति २०७८।११।२५ देखि चलनचल्तीमा ल्याउने हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।

(क) सिक्काको अग्र भागमा-
सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको छ ।,चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको । ,सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re one र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।, नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ।

(ख) सिक्काको पृष्ठ भागमा-
सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको छ।, आठ थोप्लासहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ ।, सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य