21.1 C
Kathmandu

१ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

Categories:

-

काठमाडाैं । कर्पोरेट डेभलपमेन्ट बैंकले एक बराबर १ दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । २५ पुससम्म सेयरधनी कायम भएकाले लगानीकर्ताहरूले ७ देखि २७ माघसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

हकप्रदका लागि सिभिल क्यापिटलका साथै कर्पोरेट डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरू, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदनसमेत दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

हाल २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन गरेपछि पुँजी ५० करोड पुग्नेछ। बैंकको उक्त हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी बी प्लस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य